भलिबल खेलाडीको कोरोना बिमा गरिने
काठमाडौं, साउन ३१ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बिमा गरिदिने भएको छ ।ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद ९साग० खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो ।
खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बिमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खेलाडीमा सानो भएपनि बिमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ ।खेलाडीको कोरोना बिमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले बताउनुभयो ।
‘खेलाडीको कोरोना बिमा अहिलेको आवश्यकता हो । ट्रष्टले यो सराहनीय काम गरेको छ’–उहाँले भन्नुभयो ।
खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उहाँको भनाइ छ ।खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना संक्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताउनुभयो ।
१३औं सागमा नेपाली महिला भलिबल टोलीले रजतपदक प्राप्त गरेको थियो । पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियोहाल भलिबल खेलाडीले आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । रासस
प्रतिक्रिया दिनुहोस्