प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना, यस्तो छ सन्देश

काठमाडौं , साउन ३१। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन् ।

भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली शनिबार (आज) भारतीय समकक्षी मोदीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।

“भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्छु ।” ओलीले सामाजिक ट्वीटमा उल्लेख गरेका छन् । १५ अगस्ट अर्थात् आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्