च्याम्पियन्स लिग फुटबलः आज राति बार्सिलोना र बायर्न म्युनिख भिड्दै
काठमाडौं, साउन ३० । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइलनमा शुक्रबार राति बार्सिलोना र बायर्न म्युनिख भिड्दै छन्।खेल पोर्चुगलको लिस्बोनमा हुने मध्यराति पौने १ बजे सुरु हुनेछ।
बार्सा र बार्यन दुवैले समान ५ पटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन्। बार्सा र बार्यन दुवै टोलीले च्याम्पियन्स लिगमा १८ पटक क्वार्टरफाइनलमा स्थान बनाएका छन्। यी २ टोली २०१५ पछि आमनेसामने हुन लागेका हुन्।
सन् १०१५ मा बार्साले बायर्नलाई निराश बनाएको थियो। पहिलो लेगमा ३–२ ले पछि परेको बार्साले घरेलु मैदानमा ३–० को जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।
यो सिजन क्वार्टरफाइनलबाट पहिलेजस्तो अर्को खेलमा पुनरागमन गर्ने अवसर हुने छैन। कोरोनाका कारण तालिका प्रभावित भएपछि खेल नकआउटमा खेलाइएको छ।
यो सिजन बायर्न म्युनिख उत्कृष्ट लयमा छ। घरेलु लिग बुण्डेस लिगाको बिजेता बायर्न चेल्सीलाई फराकिलो अन्तरमा पराजित गर्दै क्वार्टर फाइलन प्रवेश गरेको हो।
विजेताले म्यानचेष्टर सिटी र लियोनबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ। पेरिस सेन्ट जर्मन र आरबी लिप्जिग सेमिफाइनल प्रवेश गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्