ह्वात्तै बढ्यो कोरोना : काठमाडौंका यी २५ ठाउँ सिल (हेर्नुहोस् सूचीसहित)

काठमाडौं , साउन ३० । पछिलो समय सरकारले लकडाउनको अन्त्य गरेसँगै काठमाडौं उपत्यकामा कोरोनाका बिरामी ह्वात्तै बढेका छन् । यो संगै पछिल्लो समय नेपालमा कोरोनाका बिरामी तथा ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेको छ । सरकारले लकडाउनको अन्त्य गरेसँगै यता काठमाडौं उपत्यकामा ह्वात्तै संक्रमीत बढेको हो ।

संक्रमीत बढेपनि मानिसको भिडभाडमा भने कमी आएको छैन ।लकडाउन खुलेपछि उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको छ। लकडाउन खुलेसँगै मानिसको आवतजावत बढ्दा काठमाडौँ उपत्यका लगाएत अन्य क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएको हो। यसैबीच कारोना भाइरसको संक्रमण देखिएपछि उपत्यकाका २५ वटा ठाउँ सिल गरिएको छ।

जसमा असन, न्युरोड, रञ्जना गल्ली, भोटाहिटी, इन्द्रचोक लगायतका ठाउँमा सिल गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इन्द्रमान डङ्गोलले बताए । कोरोना भाइरसको संक्रमण उपत्यकामा फैलिँदै गएपछि उपत्यका मुख्य ठाउँहरु सील गरिएको उनले बताए ।

‘काठमाडौंका कोर ठाउँहरू कोरोनाभाइरसको संक्रमण देखिएपछि अहिले सिल भएको उनले बताए । यता काठमाडौं महानगरपालिकाको २१ नम्बर वडा भोटेबाहाल, लगनटोल, कुमारीगल पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि सिल गरिएको छ ।

२२ नम्बर वडाको रञ्जना गल्ली, भोसेको (रञ्जना गल्लीको उत्तरपट्टि), ओटो, गुँचाटोल र २७ नम्बर वडाको भोटाहिटी, न्युरोड सबै, इन्द्रचोक, मखन टोल लगायतका ठाउँहरू सिल गरिएको प्रवक्ता डंगोलले बताए । सिल गरको ठाउँमा अत्यावश्यक कामबाहेक अन्य कसैलाई पनि आवतजावत गर्न रोक लगाइएको छ ।

सिल गरिएका क्षेत्रमा कोरोना भाइरसको परीक्षण भैरहेको प्रवक्ता डंगोलले जनाकारी दिए । पछिल्लो समय कोरोनाको त्रास समुदायमा फैलीएको छ । यसरी एकाएक फैलीएपछि त्रास पनि उत्पन्न छाएको छ ।

प्रतिक्रिया दिनुहोस्