एनएमबि बैंकको नाफा ४७ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा सुधार

काठमाडौं, साउन ३० । एनएमबि बैंक लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।एनएमबि बैंकको नाफा ४७.२७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा बैंकले आफ्नो नाफा २६ करोडले वृद्धि गरेर ८१ करोड पुर्याएको हो ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०।५९ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा सामान्य मात्र बढेपनि वितरण योग्य मुनाफा भने ११.९३ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४२ करोड छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढेको हो। बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड रुपैयाँ बढी हो। बैंकको सञ्चालन नाफा भने २५ प्रतिशत घटेर २ अर्ब ४३ करोडमा सीमित भएको छ।

चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आवको अन्त्यसम्ममा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो आवको तुलनामा बैंकको निक्षेप ३४.५० प्रतिशत र कर्जा ३०.७६ प्रतिशत बढेको हो।

१३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ९६ करोड ४० लाख रुपैयाँ छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा रहेको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात २३.२७ गुणा रहेको छ।

बैंकको कोषको लागत ७.२६ प्रतिशतबाट ६.९९ प्रतिशतमा, आधार दर ९.८६ प्रतिशतबाट ८.९५ प्रतिशतमा झरेको छ। असार मसान्तसम्ममा बैंकको सिडि रेशिया ७२.६८ प्रतिशत तथा स्प्रेडदर ४.०५ प्रतिशत छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेको छ। अघिल्लो आवको असार मसान्तमा ०.८२ प्रतिशत रहेको खराब कर्जा बढेर गत आवको अन्त्यसम्ममा २.६८ प्रतिशतमा पुगेको छ। बैंकको ईम्पेरिमेन्ट चार्ज एक अर्ब ६१ करोड रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्