एनआइसी एशियाको मुनाफामा ३ प्रतिशतको बृद्धि, समग्र वित्तीय विवरण उत्साहजनक

काठमाडौं, साउन ३० । एनआइसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६र७७ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । एनआईसी एशिया बैंकले ३ अर्ब १२ करोड नाफा गरेको छ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बढी हो । बैंकले अघिल्लो आव २०७५र७६मा ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा ३२।१२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीको स्वपुँजीमा १९.४१ प्रतिशत प्रतिफल रहेको बैंकले जनाएको छ ।

बैंकको आ.व. २०७६र७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा कर्जातर्फ २३ अर्ब रुपैयाँले वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले १६ प्रतिशत ९रू. २३ अर्ब० ले कर्जा वृद्धि गर्न सफल भएको छ ।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा ३८ अर्ब रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ११ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले २२.५० प्रतिशत ९रू.३८ अर्ब० ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।

बैंकको निष्क्रिय कर्जा बढेर ०।७५ प्रतिशत, पुँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने कोषको लागत घटेर ५।५६ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको आधार दर ७.७० प्रतिशत रहेको छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।

९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १७.२२ गुणा कायम भएको छ ।बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् ।

विश्वव्यापी महामारी कोभिड–१९को कारण सृर्जित असहज परिस्थिति, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले गत आर्थिक वर्षमा प्रति शेयर आम्दानी रू। ३२।१२ आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्