ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ८ करोड, वितरणयोग्य नाफा कति ?
काठमाडौं , साउन ३० । अघिल्लो वर्ष अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर गरेको ग्लोबल आइएमइ बैंकले गएको वर्षको अन्तिम त्राइमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरण सार्वजनिक गरेसँगै ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ८ करोड कमाउन सफल भएको छ । बैंकले गत वर्ष २०७६्/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । भने भने १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।८ अर्ब ४१ करोड रुपैयाँ जगेडा कोषमा रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।बैंकले गएको वर्ष खुद सञ्चालन आयमा २८ प्रतिशतको बृद्धि गरेर ८ अर्ब ९० करोड पुर्याएको छ।
बैंकले गएको वर्ष ब्याज आम्दानी २१ अर्ब ७ करोड गरेको छ भने ब्याद खर्च १२ अर्ब ५५ करोड गरेको छ।खुद ब्याज आम्दानी ८ अर्ब ५१ करोड गरेको बैंकले शुल्क तथा कमिसनबाट १ अर्ब ३२ करोड कमाएको छ।
यसरी कमाएको नाफाबाट शेयरहोल्डरहरुलाई वितरण गर्नमिल्ने नाफा भने १ अर्ब ७२ करोड रहेको छ।१८ अर्ब ९७ करोड चुक्ता पुजी भएको बैंकको जगेडा ८ अर्ब ४१ करोड रुपैयाँ छ। प्रति शेयर आम्दानी १६ रुपैयाँ २७ पैसा भएको बैंकको खराब कर्जा १।८० प्रतिशत पुगेको छ।
बैंकले गएको वर्ष २ खर्ब १२ अर्ब निक्षेप संकलन गरेको छ। अघिल्लो वर्ष १ खर्ब २० अर्ब संकलन गरेको थियो। त्यस्तै ऋण लगानी १ खर्ब ९२ अर्ब परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १२ अर्ब ऋण लगानी गरेको थियो।
त्यस्तै अघिल्लो वर्ष कूल सम्पत्ति १ खर्ब ५५ अर्ब रहेको बैंकको गएको वर्ष बढेर २ खर्ब ७७ अर्ब पुगेको छ भने दायित्व पनि १ खर्ब ३८ अर्बबाट बढेर २ खर्ब ४७ अर्ब पुगेको छ। बैंकले गएको वर्ष ४ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ भने असार मसान्तसम्मको लेखा परीक्षण नभएको विवरणअनुसार ३ अर्ब ८ करोड खुद मुनाफा आर्जन गरेको छ।
प्रतिक्रिया दिनुहोस्