माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ

काठमाडौं , साउन ३० । माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँले नाफा गरेको छ ।बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष ०७६र७७ मा माछापुच्छ्रे बैंकको खुद मुनाफा घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा १ अर्ब २५ करोड २० लाख ४३ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५र७६ को भन्दा २६।२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख ८८ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीसँगै शुल्क तथा कमिसन आम्दानीमा पनि वृद्धि हुँदा पनि सम्भावित कर्जा जोखिम व्यवस्थाका लागि प्रोभिजन रकम बढाउँदा र कर्मचारी तथा सञ्चालन खर्चमा वृद्धि हुँदा खुद मुनाफा प्रभावित बनेको हो । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ८६ करोड १८ लाख ९९ हजार खुद बयाज आम्दानी र ८४ करोड ६३ लाख ५१ हजार शुल्क तथा कमीसन आम्दानी आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५४ करोड ९७ लाख ५६ हजार खुद ब्याज र ७२ करोड ५ लाख ४४ हजार शुल्क तथा कमिसन आम्दानी आर्जन गरेको थियो ।

यस्तै अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४० करोड २ लाख सञ्चालन मुनाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा १ अर्ब ९० करोड ५४ लाख ४५ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

बैंकले निक्षेप संकलन भने खर्ब नघाएको छ । अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब १९ करोड ८४ लाख २ हजार रहेको बैंकको निक्षेप संकलन समीक्षा अवधिमा एक खर्ब ४ अर्ब ९ करोड ८९ लाख पुगेको छ । यस्तै कर्जा लगानी अघिल्लो आर्थिक वर्षमा ७५ अर्ब ९ करोड ५७ लाख ७४ हजार रहेकामा गत आर्थिक वर्षमा बढेर ९२ अर्ब ३३ करोड ६३ लाख ३ हजार पुगेको छ ।

८ अर्ब ४५ करोड ८४ लाख ७८ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १५ करोड ७९ लाख ७ हजार र सेयर प्रिमियममा ३ करोड ८ लाख ८१ हजार छ । यस्तै लगानीकर्तालाई बाँड्ने सञ्चित कोषमा ९२ करोड ४३ लाख २९ हजार छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ९० करोड ८२ लाख ८९ हजार छ ।

बैंकको निष्क्रिय कर्जा बढको छ । अघिल्लो आर्थिक वर्षमा ०.३७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा बढेर ०।५४ प्रतिशत पुगेको छ । यस्तै बैंकको पुँजीकोष अनुपात १३.०० प्रतिशत, सीसीडी रेसियो ७३.८१ प्रतिशत, आधार ब्याजदर ९.२१ प्रतिशत र स्प्रेड रेट ४.३६ प्रतिशत छ । बैंकको मूल्य आम्दानी अनुपात १४.८६ गुणा, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्