३५ % घट्यो सिभिल बैंकको नाफा , वितरणयोग्य नाफा कति ? (विवरणसहित)

काठमाडौं, साउन ३० ।  सिभिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३५.३९५ ले थोरै हो । योसँगै सिभिल बैंकको गत आवको चौथो त्रैमासमा नाफा ३५ प्रतिशत घटेको छ ।

अघिल्लो वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । नेपाल राष्ट्र बैंकले कोरोना महामाहरीबाट प्रभावित ऋणीहरुलाई चैत महीनामा ऋणीहरुले चुक्ता गरेको किस्ताको ब्याजमा १० प्रतिशत छूट तथा चौथो त्रैमासमा कायम रहेको ब्याजदरमा २ प्रतिशत छूट प्रदान गर्ने निर्देशनअनुसार ब्याज आम्दानीमा उल्लेख्य असर परेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. २ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा रू. २ अर्ब २३ करोड आम्दानी गरेको हो ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी रू. ८ दशमलव ८४ रहेकोमा गत आवको सोही अवधिमा रू.५ दशमलव ७१ मा सिमित भएको छ । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब रहेको छ ।

गत आवको चौथो त्रैमासम्ममा कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ८० करोड र शेयरधनी कोषमा रू। २६ करोड ४७ लाख सञ्चित गरेको छ । सोही अवधिमा कम्पनीमा रू. ५७ अर्ब ५१ करोड निक्षेप संकलन भएको छ भने रू, ५१ अर्ब ५१ करोड कर्जा लगानी गरेको हो । असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई रिजर्भ कोष बढाउने चुनौती देखिन्छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव ३४ गुणा, तरलता अनुपात २५ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८५ रहेको छ । सिभिलको खुद ब्याज आम्दानी १.७८५ ले बढ्दा सञ्चालन नाफा भने ४२. ५९५ ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि ५४.७२५ ले घटेको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः ३६.९३५ र २०.६५५ ले बढाउन सफल भएको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा सिभिलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर ५ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्