कालिकोटमा पहिरोमा परि ६ जनाको मृत्यु, सिन्धुपाल्चोकको जुगलमा पहिरो जाँदा १३ वटा घर पुरिए
काठमाडौं , साउन ३० ।कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
उता सिन्धुपाल्चोको जुगल गाउँपालिका–२ लिदीमा पहिरो गएको छ । लिदीको लामा टोलमा सुख्खा पहिरो जाँदा त्यहाँका २५ घरमध्ये ८ देखि १३ वटा घर पुरिएका छन ।जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।
पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् ।
भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।
घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको छ ।‘पहिरो खसेको स्थानीयले खबर गरेका छन्,’ डिआईजी लामाले भने–‘प्रहरी घटनास्थलमा जाँदै छ ।’ कात्तिके र जलबिरेबाट घटनास्थलतर्फ प्रहरी जाँदै छ ।
पहिरो खसेको ठाउँमा प्रहरी पुग्न करिब १ घण्टा लाग्ने बताइएको छ । मानवीय क्षतिको विवरण आइसकेको छैन् ।थप विवरण आउन बाँकी











प्रतिक्रिया दिनुहोस्