कोरोना अपडेटः अहिलेसम्म कुन प्रदेशमा कति जनाको मृत्यु ? हेर्नुहोस् (सुचिसहित)
पार्वती पाठक , काठमाडौं , साउन २९ । पछिल्लो समय नेपालमा कोरोनाका बिरामी तथा ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेको छ । सरकारले लकडाउनको अन्त्य गरेसँगै यता काठमाडौं उपत्यकामा ह्वात्तै संक्रमीत बढेका छन् । संक्रमीत बढेपनि मानिसको भिडभाडमा भने कमी आएको छैन ।लकडाउन खुलेपछि उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको छ। लकडाउन खुलेसँगै मानिसको आवतजावत बढ्दा काठमाडौँ उपत्यका लगाएत अन्य क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएको हो।
कोरोना संक्रमणको दर बढ्दै जाँदा यसबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिन्छ तर आम सर्वसाधारणले लापरवाही गर्दा जोखिम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ ।
यसैबीच अहिले सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । प्रदेश अनुसार , प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३९ जना, बाग्मती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।
यसैबीच नेपालमा आज मात्रै कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए ।
यस्तै मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए ।
क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिहीबार नेपालमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन् । राजधानीमा समेत कोरोना बढिरहेकोले जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था हुन्छ । यसैबचि आजबाट काठमाडौं आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि सवारी पास पूर्ण रूपमा बन्द गरिएको हो ।
गृह मन्त्रालयले अर्को ब्यवस्था नभएसम्मका लागि पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएपछि जिप्रका काठमाण्डुले बिहिबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो।
यता कोरोना त्रासकार देशभरका अदालतको सुनुवाई स्थगित गर्न माग गरिएको छ ।कोरोना संक्रमण अदालतभित्रै प्रवेश गरिसकेकाले देशभरका सबै अदालतको सुनुवाई स्थगित गर्न माग गरिएको हो ।पछिल्लो समय कोरोनाले सबैतिर छोइसकेको छ । अख्तियार तथा प्रहरीमा पनि संक्रमण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्