अयोध्यामा मोदीसँगै भूमि पूजा गरेका महन्थलाई कोरोना , अक्सिजन सिलिन्डर मगाइयो

काठमाडौं, साउन २९ । भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको हो ।

अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो। उनका शिष्य धमेन्द्र दासका अनुसार सास लिनमा अफ्टेरो भएपछि अक्सिजन सिलिन्डर पनि मगाइएको छ । औषधी सेवन गरेपछि ज्वरो घटेको र अवस्था चिन्ताजनक नरहेको धमेन्द्र दासले बताए ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फोनमार्फत महन्थको स्वास्थ अवस्थाबारे बुझेका छन् । नृत्य गोपाल दास बुधवार जन्माष्टमी मनाउन मथुरा पुगेका थिए। बिहीबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएको थियो।

मुख्यमन्त्री कार्यालयका कर्मचारी र स्वास्थ्य टोलीले उनी बसेको ठाउँमा पुगेर जाँचेको थियो। त्यहाँ स्वाब लिएर गरिएको परीक्षणमा उनी संक्रमित पाइएको हो। योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेपछि उनलाई मेदन्ता अस्पताल भर्ना गर्न भनेका छन्।

प्रतिक्रिया दिनुहोस्