हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एकजना घाइते
काठमाडौं, साउन २९ । हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएका हुन् ।
मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका-५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेका छन् । घाइते अटो चालक मनहरी गाउँपालिका-५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्