थप ८ जनाको कोरोना संक्रमणको कारण निधन, मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ९१ पुगेको छ । निधन हुने ६ जना पुरुष र दुई  जना महिला रहेका छन् ।

काठमाडौं,१२ का टेकु निवासी ७८ वर्षिय कोरोना संक्रमित महिलाको साउन २८ गते बिहान १ः १५ मा किस्ट मेडिकल कलेज अस्पतालमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार धादिङका निलकण्ठ,१४ बस्ने ३२ वर्षका एक पुरुषको पनि कोरोना संक्रमणका कारण निधन भएको छ । उनको साउन २७ गते ह्याम्स अस्पताललमा निधन भएको हो ।

जनकपुर,१,का ७१ वर्षका एक वृद्धको पनि साउन २८ गते निधन भएको छ । उनको मेडसिटी अस्पतालमा निधन भएको हो ।

जनकपुर,७, निवासी अर्का एक महिलाको पनि कोभिड १९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३८ वर्षिय ती महिलाको साउन २८ गते १ स्५ मा पाटन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुने अर्का संक्रमित सप्तरी, डाक्रेश्वरीका ७२ वर्षका वृद्ध रहेको बताइएको छ । ती वृद्ध राजविराज,६,सिराहा बजार बस्ने गरेका थिए । उनको साउन २७ गते मृत्यु भएको हो ।

कोभिड संक्रमित भई ज्यान गुमाउने अर्का संक्रमित मोरङ , बुढिगंगा,२,गंगाचोक निवासी २८ वर्षका पुरुष रहेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा साउन २८ गते बिहान मृत्यु भएको हो ।

यसैगरी कपिलवस्तु,तौलिहवा,२ बस्ने ४२ वर्षिय एक पुरुषको पनि कोरोना संक्रमणका कारण निधन भएको छ । साउन २८ गते बिहान ४ बजेर ४५ मिनेट जाँदा उनको बुटवल कोरोना विशेष अस्पतालमा निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण निधन भएका अर्का हुन् बारा,कलैया उपमहानगरपालिका बस्ने ७५ वर्षका वृद्ध । उनको पनि साउन २८ गते किस्ट अस्पताल,ललितपुरमा मृत्यु भएको हा

प्रतिक्रिया दिनुहोस्