कोरोनाबाट धादिङ, नीलकण्ठ–१४ धुवाँकोटका ३२ वर्षीय पुरुषको मृत्यु
काठमाडौं, २८ साउन । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार एक जना मृत्यु भएको छ । उनी धादिङक, नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार उनी साउन २४ गते रुघाखोकी र ज्वरो आएपछि नजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकीमा उपचारका लागि गएाक थिए । स्वास्थ्य चौकीका इन्चार्ज बालकृष्ण गुरुङले उनको उपचार गराएर केही औषधि पनि दिएर थप उपचारको लागि जिल्ला अस्पताल धादिङमा पठाइदिए ।
उनी साउन २५ गते जिल्ला अस्पताल धादिङ आए । उनलाई जिल्ला अस्पतालमा उपचारपछि स्वाब संकलनको लागि काठमाडौं पठाइयो । उनी काठमाडौं आएपछि साउन २७ गते मंगलबार धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।
सोही दिन उनको स्वाब संकलन गरियो । ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले उनलाई उपचार गर्ने जिल्ला अस्पताल र धुवाँकोटको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूलाई परिवारको सम्पर्कमा नजान भनिएको छ ।
नीलकण्ठका जनस्वास्थ्य अधिकृत रिजालका अनुसार उनी क्षयरोगको बिरामी थिए । धादिङ मण्डली यातायातको गाडीधनी र चालकसमेत रहेका उनी धुवाँकोटबाट धादिङबेसीसम्म यात्रु र सामान ओसारपसार काम गर्थे ।
धादिङ्गमा निषेधाज्ञा:
एक जना कोरोना संक्रमितको मृत्यु भएपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा निषेधाज्ञा जारी गरिएको छ ।
बुधबार काठमाडौंको ह्याम्स अस्पतालमा धादिङ धुवाँकोटका एक जना पुरुषको मृत्यु भएपछि भएपछि बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मको लागि धादिङ्ग बेसीलाई निषेधाज्ञा जारी गरिएको छ ।
नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाकाले जागरण न्युलाई बताए । उनको अनुसार कोरोना संक्रमितको मृत्यु भएपछि बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।











प्रतिक्रिया दिनुहोस्