उपत्यकामा थप १३८ नयाँ कोरोना सक्रमित थपिए
काठमाडौं, २८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३८ नयाँ कोरोना सक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९ , ललितपुरमा २१ र भक्तपुरमा ८ नयाँ संक्रमित थपिएका जनाएको हो । मुलुकभर भने २४ घण्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको हो ।
यस्तै स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको हो ।
यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका संक्रमित कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । पछिल्लो समय कोराना संक्राितको संख्या बढ्दै गएको छ ।











प्रतिक्रिया दिनुहोस्