तीन दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला
काठमाडौं , साउन २८ । तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् ।
उनको शव मकवानपुरको मान्डी हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो । शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
बानियाँ अन्तिमपटक बल्खुमा देखिएका थिए । सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । उनी वाग्मती नदीमा लडेको हुनसक्ने र खोलाले बगाएर मकवानपुर पुर्याएको प्रहरी भनाइ छ । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ । यी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्