विराटनगरका ६ जना पत्रकारमा कोरोना पुष्टि

काठमाडौं, साउन २७ । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित विराटनगरका २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो परीक्षणमा स्थानीय उद्घोष दैनिकका थप दुईजना पत्रकारमा कोरोना पुष्टि भएको छ ।योसहित उद्घोष पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् ।

सम्पादक भण्डारीले पीसीआर रिर्पोट आउन प्रदेश सरकारको ल्याबबाट निकै ढिला भएको गुनासो गरेका छन् ।पत्रकार र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पत्रिकाको प्रकाशन बन्द भएको छ । तर, अनलाइन भने जारी नै छ । संक्रमण भएका पत्रकार आइसोलेसनमा छन् ।

उनीहरुले सामाजिक सञ्‍जालमा स्टाटस लेख्‍दै पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्