गोंगबु विभत्स हत्या : ‘स्लिपिङ ट्याब्लेट खुवाएपछि अण्डकोषमा ह्यामरले हानेर हत्या’

काठमाडौं , साउन २७ । गोंगबु हत्याको मूख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मूख्य अभियुक्त भनिएकी कमला मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरि फरार रहेकी कमला मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । प्रहरीले दाङका कृष्णबहादुर बोहोराको निर्ममतापूर्वक हत्या गरि शव टुक्रापारी सुटकेशभित्र फालिएको अवस्थामा फेला परेको थियो ।

गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । कल्पनालाई चितवनबाट सोमबार राती नै काठमाडौं ल्याइ आज सार्वजनिक गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याको मूख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ ।

अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । प्रहरी सँगको बयानमा नशालु पदार्थ ९स्लिपिङ ट्याब्लेट० खुवाएको पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी काठमाडौँ प्रहरीले बताएको छ ।
अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

सुटकेशभित्र फेला परेको बेवारिसे शव सोमबार सनाखत भएको थियो ।प्रहरीले विभत्स अवस्थामा फेला परेको उक्त शवको सनाखत गर्न मृतकको अनुहारसहितको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक भएको २४ घण्टा नबित्दै शवको सनाखत भएको थियो ।

नयाँबजारस्थित गार्मेण्टबाट कपडा खरिद गरी घुमन्ते व्यापार गर्दै आएका बोहराको सोही राति घटनास्थलनजिकै एक घरको तीन तलामाथि कोठामा हत्या भएको थियो ।

सुटकेशभित्र दुई हातसहितको आधा भाग फेला परेको केही समयपछि करिब तीन सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्