क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजमा अब अनलाइनबाटै ब्रोकर खाता खोल्न सकिने
काठमाडौं, साउन २५ । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले अनलाइनबाटै ब्रोकर खाता खोल्न तथा खाता नवीकरण गर्न सकिने भएको छ ।
कोभिड-१९ को संक्रमण बढ्दै गएपछि कार्यालयमा भिडभाड कम गर्न क्रिस्टलले अनलाइनबाटै यी सुविधा प्रदान गर्न लागेको जानकारी गराएको हो। अब लगानीकर्ताले घरमै बसेर अनलाइनमार्फत नयाँ खाता खोल्न सक्नेछन् ।
ग्राहकहरुले आफ्नो डिम्याट खाता नवीकरण तथा अद्यावधिक गर्नकै कार्यालयसम्म धाइराख्नु पर्ने अवस्था अब नरहेको कम्पनीले जनाएको छ। ग्राहकले शेयर कारोबारका लागि नयाँ खाता खोल्न तथा पुरानो खाता नवीकरण गर्न वेबपेजमार्फत् नै सक्ने भएका छन्।
कोभिड(१९ ले अन्य पेसा व्यवसाय गुमाएका फुर्सदी लगानीकर्ता ब्रोकर कार्यालयमा धाउने भएकाले ब्रोकर कार्यालय पनि उच्च जोखिममा हुने भएकाले भिडभाड घटाउन अनलाइन प्रणालीले सहयोग गर्ने विश्वास कम्पनीले लिएको छ।
अब लगानीकर्ताले आफ्नो डिम्याट खाता नवीकरण तथा अद्यावधिक गर्नका लागि पनि ब्रोकर कार्यालयसम्म धाइरहनुपर्ने छैन । ग्राहकले यही वेबपेजमा गएर सेयर कारोबारका लागि नयाँ खाता खोल्न तथा पुरानो खाता अद्यावधिक गर्न सक्नेछन् ।
कतिपय ब्रोकरले भिडभाड बढेपछि बजार नआउनसमेत अनुरोध गरेका छन् ब्रोकर कार्यालय नआऊ भन्नुभन्दा पनि अनलाइनबाटै सबैले कारोबार गर्न सक्ने बनाइएको कम्पनीले बताएको छ। नयाँ खाता खोल्न चाहनेले दरखास्त प्रमाणीकरणका लागि एक पटकमात्र कार्यालयमा गए पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्