प्राइम लाइफ इन्स्योरेन्स ३ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल
काठमाडौं , साउन २५ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमास (असार मसान्त) सम्ममा रू. ३ अर्ब ३० करोड बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क १२ प्रतिशत वृद्धि भएको हो ।
अघिल्ले आवको चौथो त्रैमासमा उक्त कम्पनीले रू. २ अर्ब ९४ करोड बीमाशुल्क आर्जन गरेको थियो । गत आवको चौथो त्रैमासमा कम्पनीको नाफा भने ४ प्रतिशत घटेको छ ।
अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू। ३१ करोड ३० लाख नाफा गरेकोमा गत आवको सोही अवधिमा रू। २९ करोड ८५ लाखमा सिमित भएको हो ।
चुक्तापूँजी रू। २ अर्ब २५ करोड रहेको उक्त कम्पनीले रू. ८८ करोड ९८ लाख जगेडा कोषमा सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ११ अर्ब ४७ करोड जम्मा भएको थियो ।
यो कोषमा अघिल्लो आवको सोही अवधिमा रू. ८ अर्ब ९० करोड थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा बीमालेखको धितोमा राखेर रू.१ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ ।
सोही अवधिमा कम्पनीले २ हजार ५४९ जनालाई रू. ७१ करोड १ लाख दाबी भक्तानी गरेको छ भने २८ जनालाई रू. ५४ लाख ४२ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीले आव २०७४र ७५ को नाफाबाट १२ दशमलव ५ प्रतिशत बोनस शेयर दिएको छ । कम्पनीको असार २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी रू। १३ दशमलव २२, मूल्य आम्दानी अनुपात ४० दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ५६ छ ।
प्रतिक्रिया दिनुहोस्