आहा! रारा गोल्डकपः मनाङ मस्र्याङदी र पुलिस खेल्दै

काठमाडौं – पोखरामा जारी १६ औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाईनलमा आज मनाङ मस्र्याङदी क्लव र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेपछि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा थ्रीस्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीफ क्लवलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले अन्तिम ४ मा स्थान बनाएको हो ।

आगामी २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख तथा उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्