गोंगबु, गणेशस्थानमा विभस्त हत्या, सुटकेशमा शव

काठमाडौं, २५ साउन । राजधानीको गोंगबुस्थित गणेशस्थान नजिक सुटकेशमा फालेको शव फेला परेको छ । शव हत्या पछि फलिएको हो । घटनमा कसरी र कसले गर्यो भन्ने कुरामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरि सुक्ष्म तरिकोले अनुसन्धान गएिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्षका पुरुष रहेका छन्। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी जनाएको छ ।

सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरी शव पहिचानको नजिक पुगेको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए । केही दिनदेखि ती पुरुष हराएको खुलेको छ । शवको पहिचान पनि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्