च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै

काठमाडौं , साउन २३ । यूईएफए च्याम्पियन्स लिग आजबाट पुन सूचारु हुँदैछ ।खेल नोबेल कोरोना भाइरस ९कोभिड १९० का कारण स्थगित भएको थियो ।

आज च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा ला लिगाको विजेता रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, सिरी ए च्याम्पियन युभेन्ट्स र लियोन एक आपसमा भिड्दै छन् ।

नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे सुरु हुने खेलमा पहिलो लेगमा पराजित रियल र युभेन्ट्स दबाबमा रहेका छन् ।पहिलो लेगमा रियलविरुद्ध २–१ गोल अन्तरको जीत हात पारेको सिटी केही दबाबमुक्त रहेपनि रियलले अन्तिम आठमा स्थान बनाउन जीत हात पार्नै पर्नेछ।

रियल र सिटीले यसअघि फेब्रुअरी २६ मा भएको थियो । इथ्हाड रंगशालामा यो सहित तेस्रो पटक सिटी र रियल आमने सामने हुँदैछन् । सिटीको घरेलु मैदानमा खेल भएपनि दर्शक भने हुने छैनन् ।

यस्तै, दोस्रो लेग पोर्चुगलमा खेल्न लागेका युभेन्ट्स र लियोनपनि अन्तिम ८ का लागि संघर्ष गर्नेछन् । यसअघि पहिलो लेगमा १–० गोल अन्तरले पराजित भएको युभेन्ट्स आजको खेल उल्टाउँदै अन्तिम आठमा लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्