आज थप चार सय ६४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २२ हजार नाघ्यो, पाँच जनाको मृत्यु

काठमाडौं, साउन २३ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप चार सय ६४ जनामा संक्रमण पुष्टि भएको ।

योसमेत हालसम्म संक्रमित हुनेको संख्या २२ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योअवधिमा चार सय २५ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्