राष्ट्रियसभा समितिमा पुरानै सभापति निर्विरोध निर्वाचित
काठमाडौं , साउन २३ । राष्ट्रियसभाका विषयगत समितिमा पुरानै सभापतिहरु फेरि नयाँ कार्यकालका लागि पनि निर्विरोध निर्वाचित भएका छन् ।
दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा ९पार्वती० निर्वाचित भएका हुन् ।
सभापति चयनका लागि बिहीबार मनोनयन दर्ता गराउँदा चारवटै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेको थियो । शुक्रबार उनीहरु निर्वाचित भएको घोषणा गरिएको हो ।समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो ।















प्रतिक्रिया दिनुहोस्