अपाङ्गता प्रतिभा २०२० आयोजना हुने, विजेताले एक लाख नगदसहित मुस्ताङ घुम्ने अवसर
काठमाडौं । नेपालमा फरक क्षमता (अपांगता) भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ । अवार्डमा सहभागिता जनाउनेले नृत्य, गायन, चित्रकला,हस्तकला, आविष्कार तथा संगीतिक कला प्रस्तुत पश्चात उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ । विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने छन् ।
शनिबार ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि जानकारी उक्त कार्यक्रमको बारेमा गराइएको हो ।
कार्यक्रम नेपालको लागि अहिलेसम्म कै पहिलो अवार्ड हुने आयोजकले जनाएको छ । अवार्डमा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रदेशका मुख्य शहरहरु बिर्तामोड, ईटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगंज, धनगढीबाट फरक क्षमता भएका विभिन्न विधाका प्रतिभाहरु छनौट गरीने छ । अवार्डको आयोजना काठमाडौंमा हुनेछ ।
बिश्वब्यापी फैलिएको कोरोनाको महामारीलाई मध्ये नजर गरि सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको कार्यक्रममा विश्व साइकल यात्री चित्र पौडेलको सभापति र डा.समीर मणी दिक्क्षितको प्रमुख अतिथि, राष्ट्रिय अपाङ्ग पत्रकार संघका केन्द्रीय अध्यक्ष रबिन प्रसाद थपलिया, बरिष्ठ कलाकार किरण के.सि., सुरेन्द्र के.सि., बिश्व साइकल यात्री पुस्कर शाह, पुर्ब राज्मन्त्री बिराज बिष्ट, ज्योति के.सि.,गणेश राई लगाएतको अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
अवार्ड कार्यक्रम संयोजक र व्यवस्थापन विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्यले गरेका छन् ।
कार्यक्रमको व्यवस्थापन युनिक भिजन डन्टरटेनमेन्ट, लायन्स क्लब अफ काठमाडौ र राईजिङग गोल्डडेन डिमले गर्ने भएको छ । आयोजक समितिमा टिका थापा मगर, अनिता पौडेल, सुजता देवनले मुख्य व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्