एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अर्याल नियुक्त

काठमाडौं , साउन २२ । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अर्याल नियुक्त भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकालको लागि पुनः रमेश राज अर्यालयलाई नियुक्त गरिएको हो ।

बैंकको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । बैंकले असोज १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि अर्याललाई नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

अर्याल २०७३ असोज १ गते एनसीसी बैंकको सीइओमा नियुक्त भएका थिए । उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्