एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । यहि साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेश कुमार श्रेष्ठको चैत २० गते दुई कार्यकाल पुरा भई उक्त पद रिक्त भएकाले अर्काे व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त निमित्त सीईओ श्रेष्ठले साउन २१ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्लेका छन् । बैंकिङ्ग र बीमा क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठले निमित्त प्रमुख कार्यकारी पद सम्हाल्लेपछि कम्पनीलाई अझ प्रतिफल दिन सक्ने संस्थाको रुपमा स्थापित गर्न सक्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्