मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बीच सहकार्य
काठमाडौं , साउन २१ । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्सका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे ।
उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्