काठमाडौं उपत्यकामा थपिए ६२ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौंसाउन २१ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९)संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
सबैभन्दा बढी पर्सामा १ सय ५१ जना संक्रमित थपिएका छन् । त्यसपछि काठमाडौंमा ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
ललितपुरमा ५ थप सहित गरी काठमाडौं उपत्यकामा ६२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
कहाँ कति थपिए ?
पर्सा १५१
काठमाडौं ५७
बारा २८
महोत्तरी १७
स्याङ्जा १७
मोरङ १४
बाँके १३
धनुषा १२
बझाङ ११
सुर्खेत १०
कपिलवस्तु ९
सप्तरी ८
ललितपुर ५
सर्लाही ५
मकवानपुर ४
गोरखा ३
बाग्लुङ २
सुनसरी २
इलाम २
सिरहा २
रौतहट २
धादिङ २
सिन्धुपाल्चोक १
उदयपुर १
कास्की १
दाङ १
कालीकोट १
संक्रमितमध्ये १५ हजार १ सय ५६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ सय ३० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।











प्रतिक्रिया दिनुहोस्