नविल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली अनुबन्धित
काठमाडौं, साउन २१ । नविल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त भएका छन् । तीन महिना अगाडि ज्योति विकास बैंकबाट राजीनामा दिएर बाहिरिएका ज्ञवाली नविल बैंकमा अनुबन्धित भएका हुन्। बैंकले ज्ञवालीलाई नायब महाप्रबन्धकमा भित्र्याएको हो।
चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले चिफ फाइनान्स अफिसरको रुपमा आफ्नो कार्यभार सम्हालेका छन्। ज्ञवाली नेपाल राष्ट्र बैंक हुँदै ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल तथा ज्योति विकास बैंकलगायतमा २० वर्षको कार्यानुभव बटुलिसकेका छन्।






















प्रतिक्रिया दिनुहोस्