प्रधानमन्त्री ओली प्रतिपक्षीदलसहित जनस्वास्थ्य विज्ञहरुसँगको परामर्शमा व्यस्त
काठमाडौं, २० साउन । विरगंज, पर्सा, नेपालगंज , काठमााडौंलगायत क्षत्रहरुमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि रोकथामको लागि सर्वत्र चासाको विषय बनेको छ । सलाइ सरकारले गम्भिर रुपमा नलिएको सबै निकायमा आलोचना भइरहेका बोला कोरोना रोकथामको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श सरु गरेका छन् ।
बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षलदल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् ।
नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेको स्रोतले जनाएको छ ।
सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको पछि कैत नेपालको कोरोनाको संक्रमणले भयानक रुप लिने हो की भन्ने आशंका बढ्न थालेको छ । संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिए पनि सरकारले रोकथामको लागि औपचारिक घोषणा गरेको छैन । राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन र सकारले आफ्नो धारणा बनाउने छ ।
स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको छ भने ४ लाखको पीसीआर टेस्ट भएको छ ।
आइतबारसम्ममा स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ । त्यो संख्यमा दिनप्रतिदिन बढ्दै जाने संकते गरेको छ । सरकारले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने र अन्य कदम भने विज्ञसंगको छलफल पछि निष्कर्षमा पुग्ने भएको छ ।











प्रतिक्रिया दिनुहोस्