स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नियुक्त

काठमाडौं, २० साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व सचिव डा उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा.उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो । स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्षको हुनेछ । यससंगै बीमा वोर्डले अध्यक्ष पाएको छ । अब दैनिक कार्यहरु सूचारु हुने छन् ।

प्रतिक्रिया दिनुहोस्