फेरी लकडाउनको तयारीमा सरकार
साउन, १९ साउन । ७ साउनबाट लकडाउन अन्तको घोषणा गरेको सरकारले फेरी लकडाउनको तयारीमा लागेको छ ।
सरकारले यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श सुरु गरेको छ ।
देशभर कोरोनाको संक्रमण बढ्दै गउकाले फेरी बन्दाबन्दी गर्नु पर्ने अवस्था आउन सक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएको छन् । उनले भने, यहि क्रका कोरोना बुढेमा पुन लकडाउन घोषणा हुन सक्छ । कोरोना जोखिम बढ्दै गएकोले आफै शतर्क रहन भनेका छन् । ७ साउनबाट लकडाउन अन्तको घोषणा भएपनि त्यसको दुई हप्ता नबित्दै सरकार फेरि लकडाउनको तयारीमा लागेको हो ।
सरकारले छिट्टै सवारीमा जोर बिजोर प्रणाली लागू गर्दैछ । यसका लागि मन्त्रिपरिष्ष्द् प्रस्ताव लगिने भएको छ ।
समुदायमा समेत कोरोना फैलिएपछि सरकार गम्भीर भएको हो । पछिल्लो समय कोरोना भाइरस लक्षणसहितको र खतरनाक देखिएको छ । मुख्य शहरहरुमा आइशोलेशन र भ्यान्टिलेटरको अभाव देखिन थालेको छ । अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले तत्काल स्थिति अनियन्त्रित हुन नदिन कम्तिमा दुई हप्ता लकडाउन गर्ने सुझाव अगाडि बढाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमित संख्या २० हजार बढेको र मृतक संख्या ५७ पुगेको छ । तर, पछिल्लो समय समुदायमै संक्रमण निकै फैलिइरहेको छ । यस अवस्थालाई मध्यनजर गर्दै वीरगञ्जमा निषेधाज्ञा नै जारी गरिएको छ । विराटनगरमा लकडाउन छ । कतिपय शहरहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्