नेपालगञ्ज उपमहानगरपालिका सिल

काठमाडौं, १९ साउन । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सिल गरिएको छ ।

सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्काे सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । पछिल्लो समयमा कोरोना संक्रमण बढेको अबस्थामा क्षेत्रगत रुपमा सिल गर्ने क्रम बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्