सरकारले पठायो वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली, अब आरडिटी परीक्षण नगर्न निर्देशन

काठमाडौं , साउन १८ । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

यसैबीच सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले र्‍यापिड डाइग्नोस्टिक टेष्ट ९आरडिटी० परीक्षण नगर्नको लागि निर्देशन दिएको छ ।

गत साउन १४ गते स्वास्थ्य मन्त्रलयले गरेको निर्णय अनुसार सबै प्रदेश, स्थानीय तथा अस्पतालहरुलाई निर्देशन दिएको हो । कोरोना परीक्षणको लागि आरडिटीलाई एक विधि मानिएपनि विश्वसनियता नरहेको भन्दै रोक्न माग गरिएको थियो ।

आरडिटी परीक्षण गर्नको लागि जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “मिति २०७७ साउन १४ गतेको निर्णय अनुसार कोभिड १९ निदानको लागि आरडिटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पुनः जानकारी गराइएको छ ।”

त्यस्तै देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएकोले सेवा सञ्चालन गर्नको लागि आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्