हङकङसँग भएको मैत्रीपूर्ण भलिबल खेलमा नेपाल विजयी

काठमाडौं । हङकङसँग भएको दुई मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा नेपालले हङकङलाई २–० ले हराएको छ । दुईवटा मैत्रीपूर्ण खेल खेलमा हङकङलाई नेपालले २ अंकले जितेको हो ।

सोमबार भएको खेलमा नेपालको राष्ट्रिय भलिबल टोलीले हङकङको राष्ट्रिय टोलीलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले ३–२ को सेटमा जित निकालेको थियो ।

हङकङको पो विङ रोड स्पोर्टस सेन्टरमा भएको खेलमा सुरुवाती दुई सेट नेपालले क्रमशः २५–१६ र २५–१४ ले जित्यो । तेस्रो सेट २८–२६ ले गुमाएको नेपालले चौथो सेटमा पुनरागमन गर्दै २७–२५ ले आफ्नो पक्षमा पारेको हो ।

३४ वर्षपछि पहिलो पटक भएको हङकङसँगको भेटमा नेपालले दुवै मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेर उत्साहित बनेको छ । नेपाली टोलीले बुधबार मकाउको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्