उपत्यकामा थपिए ३१ संक्रमित , स्वास्थ्य मन्त्रालयले भन्यो- ६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कनु
काठमाडौं, साउन १८ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये काठमाडौँका २२, ललितपुरका ८ र भक्तपुरका १ रहेका छन्।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।
वृद्ध र बालबालिकामा रोग प्रतिरोधी क्षमता कम हुने भन्दै महामारी फैलिइरहेका बेला सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।











प्रतिक्रिया दिनुहोस्