आजदेखि बारामा निषेधाज्ञा, सर्तकता अपनाउन अनुरोध
काठमाडौं, साउन १८ । कोभिड १९ संक्रमितको संख्या बढने खतरा देखिन थालेपछि बारामा आइतवारदेखि अनिश्चितकालको लागि निषेधाज्ञा लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय बाराले आईतवार विहान ५ वजे देखि अर्को सुचना जारी नभए सम्म जिल्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । छिमेकी जिल्ला पर्साको विरगंजमा संक्रमितको संख्या दिनहु बढनु र मृत्युको मध्यनजर गर्दै जिल्लामा संक्रमित फैलिन नदिने निषेधाज्ञा लागू गरिएको हो ।
संक्रमण फैलिन नदिन र रोकथाम नियन्त्रणको लागि निषेधाज्ञा जारी गरि अति आवश्यक काम बाहेक सर्वसधारणलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन् ।
बारा पर्सा जोडने हुलाकी राजमार्गमा पर्ने सवै स्थानिय तहहरु कलैया बजार क्षेत्र, पथलैया विरगज औधोगीक करिडोरहरुमा पर्ने जितपुर सिमरा, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरु पुर्ण रुपमा बन्द गरिएको छ ।
अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तै विधुत, खानेपानी, खाद्धयन, दुध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारी चारपाङ्गे, मोटरसाईकल लगायत अन्य साधनहरु पुर्ण रुपमा बन्देज लगाईएको छ ।
आवश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यलयहरु पुर्ण रुपमा बन्द रहेको छ । निषेधाज्ञा अवधिभर औषधी पसलहरु संचालनमा रहेको छ । निषेधाज्ञा अवधिभर अति आवश्यक तरकारी, दुध, ग्यास, साईकल तथा ठेला गाडामा राखेर विहान १० बजे सम्म बिक्री वितरण गर्न पाउने छन् । कुनै पनि धार्मिक कार्य, विवाह, भोजभतेर गर्न प्रतिबन्ध लगाईएको छ ।
उद्योगी व्यवसायीहरु कलकरखाना सञ्चालन गर्दा कामदारहरुलाई उचित मापदण्ड ग्लबस, मास्क, सेनिटाईजर प्रयोग गरि सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । भारतसँग जोडिएको नाकाहरु पुर्ण रुपमा बन्द गरि निगारीन चुस्त दुरुस्त बनाउन सम्बन्धित निकायलाई भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्