मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त
काठमाडौं , साउन १८ । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन्। मुक्तिनाथ विकास बैंकको संचालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ ९३० बमोजिम शर्मालाई सो पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
शर्मासँग नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरेको अनुभव छ । नेपालमा उनी एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन् भने विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।
उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाटै बिजनेश एडमिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, पर्यटन व्यवस्थापन विषयमा अध्ययन गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्