नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित
काठमाडौं , साउन १८ । नबिल बैंक दोस्रोपटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ बाट पुरस्कृत भएको छ । बेलायती पत्रिका युरोमनीले लगातार दोस्रोपटक नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ बाट पुरस्कृत गरेको हो ।
बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नबिल बैंकलाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट घोषित गरेको जनाइएको छ ।सन् १९९२ मा स्थापना भएको ‘युरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ ।
नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्