नेप्सेमा अजोड इन्स्योरेन्सको सेयर किनबेच अजाबाट सुरु
काठमाडौं , साउन १८ । गत साता नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको अजोड इन्स्योरेन्सेको सेयर अजाबाट कारोबार भएको छ । नेप्सेले कम्पनीको सेयरलाई ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।
सोहीअनुसार आइतबार ९आज० प्रि–ओपनिङ सेसनमा २९१ रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको छ । नयाँ कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएपछि त्यसको कारोबारका लागि प्रि–ओपनिङ सेसनमा ओपनिङ मूल्य हाल्नुपर्ने हुन्छ । तर प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर कारोबार हुन नसक्दा नेप्सेमा सूचीकरण भए पनि गत साता तीन दिनसम्म कारोबार हुन सकेको थिएन ।
कम्पनीले गत असारमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर जारी गरेको थियो । संस्थागत र सर्वासाधारणसमेत गरेर कम्पनीले कुल एक करोड कित्ता सेयर नेप्सेमा सूचीकरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्