सनराइज बैंक र हङ्कङको एटी सर्भिसेजबीच सम्झौता

काठमाडौं , साउन १८ । सनराइज बैंक र हङ्कङस्थित एटी सर्भिसेजमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार हङ्कङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको बैंकले जनाएको छ । एटी सर्भिसेजमार्फत पैसा पठाउँदा तुलनात्मक अधिकतम् उच्च विनिमयदरमा रकम पठाउन सकिने व्यवस्थासमेत गरेको बैंकले जनाएको छ ।

एटी सर्भिसेजमार्फत हङ्कङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकको देशभर रहेका १३४ शाखा र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभर छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत नगद भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्