सगरमाथा इन्स्योरेन्सले लाभांश नदिने, तर गर्यो यस्तो प्रस्ताव
काठमाडौं , साउन १६ । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको साउन १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५र७६ को २३औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । तर कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश भने प्रस्ताव गरेको छैन ।
कम्पनीले अगामी भदौ १३ गते केन्द्रीय कार्यलयमा २३औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष ०७५र०७६ वर्षिक प्रतिवेदन पारित गर्ने तथा आर्थिक वर्ष ०७६र७७ का लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव राखेको छ ।
त्यस्तै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्तावसमेत अगाडि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्