फेरि बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम, कति पुग्यो प्रतितोला ?

काठमाडौं, साउन १६ । केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य शुक्रवार पनि बढेको छ । शुक्रवार सुनको मूल्य बढेर झण्डै एक लाख नजिक पुगेको हो ।

शुक्रवार मूल्य ९९ हजार ३०० सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो पहिलो हो ।

बिहीवार सुनको मूल्य प्रतितोला ९९ हजार रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघले तोकेको शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढेको बताएको छ ।

लकडाउन र कोरोना भाइरसका कारण सुनको कारोबार खासै नभए पनि मूल्य भने निरन्तर बढिरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्