काठमाडौंमा ४१ सहित देशभर २७४ जनामा सङ्क्रमण पुष्टि, थप तीन जनाको मृत्यु

काठमाडौं ,साउन १५ । बितेको २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना समेत रहेका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ । निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ।

नेपालमा आज थप २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २७४ जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ५४७ पुगेको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेमा २२७ रहेको बताए । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १४ हजार २४८ जना पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २२७ रहेको छ ।

मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १३ हजार २०१ व्यक्ति रहेको उनले जानकारी दिए । बिहीवार ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु भएकाको संख्या ५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्