प्रहरी मुख्यालयमै कोरोना जोखिम बढ्यो, थप चारजनामा संक्रमण

काठमाडौं, साउन १५ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थपिएका ९ जना संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए । अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेका छन् ।

मुख्यालयमै संक्रमणको जोखिम बढेपछि संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको प्रवक्ता कडायतले जानकारी दिए । यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ । संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्