मेस्सीको निर्णायक गोलमा बार्सिलोना विजयी

बार्सिलोना (एजेन्सी) । गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २–१ ले हराएको छ ।

पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाले खेललाई उल्टाउँदै जित हासिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे ।

भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७२ औं मिनेटमा स्वारेजले गोल गर्दै खेल बराबर पारे ।

त्यस्तै मेस्सीले ८४ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यस जितसँगै बार्सिलोनाको २१ खेलमा ५७ अंक पुगेको छ । बार्सिलोनाले आफ्नो शीर्ष स्थानमा अझ बलियो पनि बनाएको छ ।

दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ४६ अंक छ भने तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्