साढे नौं प्रतिशत ब्याजमै सिटिजन्स बैंकको घर कर्जा

काठमाडौं, साउन १४ । सिटिजन्स बैंकले ब्याज घटाएर घर र साना तथा मझौला उद्यम कर्जा ल्याएको छ। घर कर्जा साढे नौं प्रतिशत ब्याजमा पाइने छ। जग्गारघर खरिद गर्न तथा घर निर्माण गर्न बैंकले ऋण दिने छ।

कागजात पेश गरेको ३ कार्य दिनभित्र बैंकले ऋण बारे निर्णय गर्ने छ। ऋण २५ वर्षसम्मका लागि पाइने छ। घर कर्जा लिनेलाई बैंकले शुल्क क्रेडिट कार्ड पनि दिने छ।
सिटिजन्स बैंकले विशेष सुविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा ९साना तथा मझौला कर्जा० सार्वजनिक गरेको छ । यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९।५०५ वार्षिक ब्याजदरमा नै जग्गा÷घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ ।

विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो । ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिनुहुने सम्पूर्ण ग्राहकहरुलाई निस्शुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरुको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभान्वित हुन तथा थप जानकारीका लागि बैंकको देशैभरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन ९व्यक्तिगत कर्जा० १०।९९५ वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्